
काठमाडौं, बैशाख ८ । भारतको उडिसामा अत्याधिक गर्मीका कारण ४५ जनाको मृत्यु भएको छ ।
गर्मीका कारण त्यहाँका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिएको छ । गर्मी बढेसँगै त्यहाँको तापक्रम ४० देखि ४६ डिग्रिसम्म पुगेको छ ।
गर्मीसँगै तातो हावा लु चलेका कारण जनजीवन अस्तब्यस्त बनेको छ । त्यसैग्री पानीको अभाव भएका कारण त्यहाँका नागरिक थप मारमा परेका छन् ।
गर्मीबाट बच्न घरबाट ननिस्कन सर्वसाधारणलाई अपील गरिएको छ । यता मध्य प्रदेशको भोपालमा पनि अत्यधिक गर्मीका कारण दैनिकी कष्टकर बनेको छ ।
त्यहाँको तापमान ४२ डिग्री पुगेको छ । छत्तिसगढमा पनि ४० डिग्री तापमान पुगेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्