९ चैत्र २०८१, शनिबार | Sat Mar 22 2025


पुराना पत्रकार निरौला सम्मानित


0
Shares

इलाम, बैशाख ८ । इलामको पत्रकारितामा ३४ बर्षदेखि कृयाशिल पत्रकार कुवेर निरौलालाई नेपाल प्रेस युनियन इलामको आठौं साधारण सभामा मंगलबार सम्मान गरिएको छ ।

निरौलाले  ‘मेची प्रवाह’बाट पत्रकारिता सुरु गरेर गोरखा पत्र दैनिक, रेडियो नेपाल, कान्तिपुर दैनिक, राष्ट्रिय समाचार समिति हुँदै हाल स्वतन्त्र पत्रकारका रुपमा स्तम्भ लेखनकार्यमा सकृय छन् ।

युनियनले संस्थापक अध्यक्षको रुपमा उनलाई सम्मान गरेको हो । निरौलाको  अध्यक्षतामा नेपाल प्रेस युनियन इलाम शाखा २०५४ साल मङ्सिर १ गते स्थापना भएको थियो ।

निरौलालाई नेपाल प्रेस युनियनकी केन्द्रिय उपाध्यक्ष बाला अधिकारी र महासचिव अजयवाबु शिवाकोटीले सम्मान अर्पण गरेका थिए । सभा युनियनका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।