१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


इराकमा सामूहिक चिहान फेला


0
Shares

बग्दाद, वैशाख ८ । इराकी प्रहरीले पश्चिमी सहर रमादीमा दुई सामूहिक चिहान फेला पारेको छ । अधिकारीहरुका अनुसार अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले हत्या गरेर गाडेका शव फेला परेको हो ।

चिहानमा ४० वटा शव फेला परेको बताइएको छ । अधिकारीहरुका अनुसार महिला र बालबालिकाको शवसमेत फेला परेको छ ।

सहरको एक फुटबल मैदानमा सामूहिक चिहान फेला परेको हो । उक्त सहर गत वर्षको मे महिनामा आइएसले कब्जामा लिएको थियो । गत वर्षको डिसेम्बरमा उक्त सहरबाट आइएसलाई इराकी सेनाले भगाएको थियो । (एजेन्सी)