Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


पाँचसय बर्ष पुरानो ‘दिकि–छ्योलिङ’ गुम्बा ढल्ने अवस्थामा(भिडियो हेर्नुहोस)


0
Shares

-रबिन भट्टराई, ईमेज

ताप्लेजुङ, बैशाख ८ । ताप्लेजुङको ओलाङ्चुङगोलास्थित दिकि–छ्योलिङ गुम्बाको पूर्वी र दक्षिणी भाग ढल्ने अवस्थामा पुगेको छ । गत बैशाख १२ को भूकम्पका कारण भत्किएको भागको मर्मत नहुँदा ढल्ने अवस्थामा पुगेको हो ।

पाँच सय वर्ष पुरानो इतिहास बोकेको यो ऐतिहासिक गुम्बाको दुईतर्फको दश मिटर भाग भत्किएको छ भने भित्रतर्फको भागसमेत ढल्ने अवस्थामा पुगेको छ ।

सयौं वर्ष पुराना पुस्तक, ऐतिहासिक बुद्धका मुर्ति, पाँच सय वर्षदेखिको अखण्ड बत्तीलगायत ऐतिहासिक महत्वका वस्तु रहेको यो गुम्बा चर्किएर ढल्ने अस्थामा पुग्दा पनि सरकारी निकायले चासो नदिएको गुम्बा व्यवस्थापन समितिको गुनासो छ ।

स्थानीय स्तरमा संकलित रकमले चर्किएको भाग मर्मत गरे पनि भत्किएको भाग बनाउन ठूलो रकम लाग्ने भएको कारण मर्मत गर्न नसकिएको हो ।

ठूलो क्षेत्रमा फैलिएको यो गुम्बाका भित्री कोठाहरु ऐतिहासिक पुस्तक र मुर्तिले भरिएका छन् । गुम्बाको एक भागमा पाथिभरा मन्दिर पनि स्थापना गरिएकाले हिन्दु धर्मावलम्बीहरु समेत दर्शनका लागि पुग्ने गरेका छन् ।

Skip This