
काठमाडौं, बैशाख ८ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफएर्स (एआईडीए) विच प्राज्ञिक कार्यहरु गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार डा। महेन्द्र कुमार मल्ल र इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले उक्त सम्झौतापत्रमा अप्रिल १ देखि लागु हुने गरी ८ बुंदे हस्ताक्षर गरेका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति, शान्ति र द्वन्द्व अध्ययन, बैदेशिक नीति, क्षेत्रीय र अन्तरप्रादेशिक विकास आदि क्षेत्रमा सूचना आदानप्रदान गर्ने लगायत अध्ययन, अध्यापन,अनुसन्धान र शैक्षिक प्राज्ञिक उन्नयनमा हस्ताक्षर केन्द्रित हुने विश्वविद्यालयले जनाएको छ ।
मोफसलमा अन्तराष्ट्रिय सम्बन्ध र कुटनीति विषयमा स्नातक र स्नातकोतर कार्यक्रम सन्चालन गर्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालय नेपालकै एक मात्र संस्था हो ।
प्रतिक्रिया दिनुहोस्