१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


न्यूयोर्कमा हिलारी र ट्रम्प विजयी, उम्मेदवारका लागि दुवैलाई सजिलो


0
Shares

काठमाडौं, बैशाख ८ । अमेरिकी राष्ट्रपति निर्वाचनको उम्मेदवार छनौटका लागि महत्वपूर्ण मानिएको न्यूयोर्कमा डेमोक्रेटिककी हिलारी क्लिन्टन र रिपब्लिकनका डोनाल्ड ट्रम्प विजयी भएका छन् ।

उम्मेदवार छनौटका लागि भएको मतदानको ९८ प्रतिशत मतगणना हुँदा क्लिन्टनले ५८ र ट्रम्पले ६० प्रतिशत मत पाएका हुन् ।

जितसँगै डेमोक्रेटिक उम्मेदवार क्लिन्टनले बर्नी स्यान्डर्ससँगको मतको दूरी अझै फराकिलो बनाएका छन् । जसले क्लिन्टनलाई उम्मेदवारी पाउन सफलता मिल्नेछ ।

रिपब्लिकनका सम्भावित उम्मेदवार ट्रम्पले पनि प्रतिस्पर्धी टेड क्रुज र जोन कासिचसगँको अग्रता बढाएका छन् ।

यो जितले क्लिन्टन र ट्रम्पलाई उम्मेदवार बन्न चाहिने मत पूरा गर्न सजिलो हुनेछ ।

डेमोक्रेटिकका तर्फबाट उम्मेदवार बन्न २३ सय ८३ प्रतिनिधि चाहिनेमा क्लिन्टनका पक्षमा अहिलेसम्म १८ सय ९३ तथा स्यान्डर्सका पक्षमा ११ सय ८० प्रतिनिधि छन् ।

रिपब्लिकनको तर्फबाट उम्मेदवार बन्न १२ सय ३७ डेलिगेट चाहिनेमा ट्रम्पका पक्षमा अहिलेसम्म ८ सय ४५ तथा उनका प्रतिस्पर्धी क्रुजको पक्षमा पाँच सय ५९ प्रतिनिधि छन् । (एजेन्सी)