३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


घर पालुवा कुकुरलाई जथाभावी दिशापिशाव गराए कारवाही गरिने


0
Shares

काठमाडौं, बैशाख ८ । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र घरपालुवा कुकुरको व्यवस्थापन गर्न सबैसँग आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिका र सिंहदरबार पुनर्निर्माण सचिवालयले सिंहदरबारमा गरेको कार्यक्रममा कुकुरलाई जथाभावी छाड्दा फोहोरमैला बढ्दै गएको भन्दै कुकुरको उचित व्यवस्थापन गर्न सबैसंग आग्रह गरिएको हो ।

कुकुर व्यवस्थापनको सुरुवात सिंहदरबारबाटै गरेको जानकारी गराउदै महानगरपालिकाले अभियानलाई घर टोलसम्म पुर्‍याउने जनाएको छ ।

पशु विकास मन्त्री शान्ता मानवीले महानगपालिकाभित्र भुस्याहा कुकुर व्यवस्थापन चुनौतीका रुपमा रहेको भन्दै अभियानलाई सरकारले साथ दिने बताइन् ।

उनले छिट्टै पशु कल्याण नीति ल्याएर काम सजिलो बनाउने आश्वासन दिइन् ।

घर पालुवा कुकुरलाई जथाभावी छाड्ने र सडकमा दिशापिशाव गराउने चलनले थप समस्या भएको भन्दै आइन्दा त्यस्तो पाइए कारवाही गर्ने चेतावनी दिइएको छ ।

पशु अधिकारकर्मीहरुले भने रोगी र बुढो भएपछि कुकुरलाई छाडा छाड्दिँदा समस्या भएको भन्दै नीति र योजनाबद्ध रुपमा अगाडि बढ्न सरकारलाई सुझाव दिए । उनीहरुले जनावर सम्बन्धी ऐन र कानून ल्याउन पनि माग गरे ।