Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


‘कम्युनिष्ट आन्दोलनलाई उचाइमा ल्याउन मदन–आश्रितको महत्वपूर्ण भूमिका’


0
Shares

काठमाडौं, जेठ ३ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा कम्युनिष्ट आन्दोलनलाई अहिलेको उचाइमा ल्याउन नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थापना दिवस तथा मदन–आश्रित स्मृति दिवसका अवसरमा मदन भण्डारी स्मृति वाटिका संरक्षण समितिद्वारा आज काठमाडौंको कोटेश्वरस्थित सुविधानगरमा आयोजित कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनमा मदन–आश्रितको वैचारिक योगदान अतुलनीय रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले कम्युनिष्ट आन्दोलनका शत्रुहरुले मदन–आश्रितको सफलता रोक्न षड्यन्त्र गरेको आरोप लगाउँदै उनीहरुको षड्यन्त्र ठीक उल्टो भएको र मदन–आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलनमा असाधारण उपलब्धि हासिल भएको बताए ।

मदन भण्डारीकै योगदानका कारण अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई कम्युनिष्टहरुको नेतृत्वमा स्थिर सरकार निर्माण भएको बताउँदै उनले नागरिकका आवश्यकता पूरा गर्न वर्तमान सरकार लागिपरेको धारणा व्यक्त गरे ।

आज मदन–आश्रितको सम्झनामा देशका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ । (रासस)