२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


प्रदेशको पूर्वाधारमा जोड दिनुपर्छ : निधि


0
Shares

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने बताएका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको एक भेटघाट कार्यक्रममा संविधान जारी भएरमात्र संघीयता कार्यान्वयन नहुने भन्दै उनले प्रदेशको पूर्वाधारमा जोड दिनुपर्ने बताए ।

नेपाल भ्रमणमा रहेका फोरम अफ फेडेरेसन्सका एसिया/अष्ट्रेलिया निर्देशक फिलिप गोन्जालेजसँगको भेटकाक्रममा उनले पर्याप्त साधन–स्रोतबिना प्रदेश सरकारलाई काम गर्न कठिनाइ हुने बताएका हुन् ।

प्रदेश सरकारले आफ्नो प्रदेशको समृद्धिका लागि स्थानीयसँग छलफल र अन्तरक्रिया गरी समृद्धिका आधार खोज्नुपर्ने निधिको भनाइ छ ।

निर्देशक फिलिप गोन्जालेजले प्रदेशको पूर्वाधार र जनप्रतिनिधिको सशक्तीकरणमा जोड दिनुपर्ने उल्लेख गरे ।

नेपालजस्तै संघीय संरचना भएका देशमा फेडेरेसन्सले गरेका कामबारे उनले जानकारी गराएका थिए ।

सुशासनका क्षेत्रमा कार्यरत् यस अन्तर्राष्ट्रिय संस्थामा क्यानडा, अष्ट्रेलिया, जर्मनी, स्वीट्जरल्यान्डलगायतका १० राष्ट्र आबद्ध छन् ।