२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सैन्य प्रयासबाटमात्र सिरियाको समस्या समाधान नहुने ओबामाको भनाई


0
Shares

लन्डन, वैशाख १२ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सैन्य प्रयासबाट मात्रै सिरियाको समस्या समाधान गर्न नसकिने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै ओबामाले सिरियाको जमिनमा अमेरिकी सेना उतार्नु र सिरियाली राष्ट्रपति बसर अल असादलाई सत्ताच्युत गर्नु गल्ती हुने तर्क गरे ।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा आईएसको नियन्त्रण रहेको क्षेत्रमा हवाई आक्रमण जारी राख्ने उनको भनाइ थियो । ओबामाले आफ्नो कार्यकालको बाँकी नौ महिनामा इस्लामिक अतिवादी समूह आईएस पराजित हुन नसक्ने धारणा राखे ।

सिरियामा सैन्य कारवाही गर्ने सम्बन्धमा विभिन्न मुलुकको संसदले स्वीकृति नदिएकोमा उनले आलोचनासमेत गरे ।

सिरियामा सन् २०११ मा शुरु भएको गृहयुद्धमा परी २ लाख ५० हजार मानिस मारिएका छन् भने मुलुकको आधा जनसंख्या शरणार्थीको रुपमा पलायन भएका छन् । (एजेन्सी)