
काठमाडौं, बैशाख १३ । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् ।
ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने पनि ओबामाले बताएका थिए । तर यूकेआईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिएका हुन् ।
कुनैपनि अमेरिकी राष्ट्रपतिले लण्डनमा आएर दिने धम्कीलाई आफूहरुले पचाउन नसक्ने उनको भनाइ थियो ।
ओमान र अष्ट्रेलिया जस्ता देश अमेरिकासँग व्यापारिक सम्बन्ध बनाइरहेको उदाहरण दिँदै फराजले ओबामाले बेलायतलाई पाठ पढाउन जरुरी नरहेको बताए ।
लेबर पार्टीका सांसद गिसेल स्टुअर्टले पनि अबाब दिनु अनुचित भएको टिप्पणी गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्