Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


काठमाडौं उपत्यकामा जिउँदा पशुपक्षी नभित्र्याउन प्रस्ताव


0
Shares

काठमाडौं, जेठ २ । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो ।

‘जिउँदो ल्याउँदा धेरै समस्या भयो, राँगाले मान्छे मारेको उदाहरण पनि छ,’ मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले भने, ‘नयाँ बजेटमा काठमाडौंमा जिउँदा ल्याउन नपाउने प्रस्ताव गरेका छौं ।’

हाल जिउँदा खसीबोका, राँगालगायत पशुपक्षी ल्याउन नपाइने कुनै कानुन छैन । –कान्तिपुर दैनिकबाट

 

Skip This