Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


माइत बस्दै आएकी पत्नीलाई सल्लाह गर्न बोलाएर एसिड प्रहार


0
Shares

काठमाडौं, जेठ २ । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन् । घरायसी विवादमा पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी उत्तमराज सुवेदीका अनुसार खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन् । खड्का भुजेलकी दोस्रो पत्नी हुन् ।

भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट