Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


‘सिरियाको अवस्था निकै दयनीय’


0
Shares

काठमाडौं, बैशाख १५ । संयुक्त राष्ट्रसंघीय सहायता कोषले सिरियाको अवस्था निकै नै दयनीय भएको खुलासा गरेको छ ।

जेनेभामा सिरियाको शान्तिबार्ता बारे भएको छलफलमा संयुक्त राष्ट्रसंघको आपतकालीन राहत कोषका संयोजक स्टिफनले सिरियाका जनता सहायताको घेरामुनि रहेको भन्दै तिनीहरुको उद्धार नगरे थप मानवीय संकट उत्पन्न हुन सक्ने भन्दै विश्वको ध्यान केन्द्रित गरेका छन् ।

सिरियाको दायरा शहरमा मात्रै ४ हजार जनता खाद्यान्नको अभावमा भोकभोकै बस्न बाध्य भएको र सिरियामा जारी संघर्षकै कारण बिजुली आपूर्ति समेत बन्द हुँदा अध्यारोमा बस्न बाध्य भएको बताइएको छ ।

छलफलकै क्रममा सिरियाका ५० हजार जनता अझै पनि घाइते अबस्थामा रहेकाले उनीहरुको तत्काल उद्धार गर्नुपर्ने पनि औंल्याइयो ।

सिरियामा बिगत पाँच बर्षदेखि जारी संघर्षका क्रममा लाखौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् ।

सिरियाको शान्तिबार्ताबारे जेनेभामा बिश्वका शक्तिशाली राष्ट्रबीच बैठक जारी छ । (एजेन्सी)