काठमाडौं, जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका बाँकी विषयहरु छिट्टै टुंगो लाग्ने दाबी गरेका छन् ।
तत्कालीन नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको २९औं स्थापना दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही जेठ ३ गते नै एकताका बाँकी विषय टुंगो लगाउने तयारी भइरहेको बताए ।
पार्टी, विचार, कार्यदिशा र जनभावनाले एकता भएको स्पस्ट गर्दै उनले ‘स्वस्फूर्त पार्टी एकता भएको ठानिए गलत हुन्छ’–भने ।
कार्यक्रममा नेकपाका नेता झलनाथ खनालले समाजवादी लोकतन्त्रमा नपुगेसम्म वास्तविक लोकतन्त्र स्थापना नहुने बताए ।
यस्तै, महासचिव विष्णु पौडेलले पार्टी एकताका बाँकी काम केही दिनमै टुंगिने दाबी गरे ।
तत्कालीन नेकपा एमालेको भातृसंगठन युवा संघको स्थापना २०४७ साल जेठ १ गते भएको थियो ।









प्रतिक्रिया दिनुहोस्