काठमाडौं, जेठ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई घमन्ड नगर्न सचेत गराएका छन् ।
बुधबार पार्टीनिकट युवा संगठनको २९औं स्थापना दिवस कार्यक्रममा उनले गत निर्वाचनमा नेकपाले दुईतिहाइ मत नपाएकोतर्फ सचेत गराउँदै ५५ प्रतिशत मतमात्रै पाएकाले दुईतिहाइको घमन्ड गर्न नहुने बताएका हुन् ।
नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको तर त्यसका लागि नेतृत्वले जनताका कुरा सुन्न र दुःख–सुख बुझ्न सक्नुपर्ने उनले बताए ।
उनले कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अध्ययनशील हुनुपर्ने भन्दै अध्ययन, चिन्तन गर्न सुझाव पनि दिए ।
नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।
वैचारिकरुपमा अस्पस्ट पार्टी तासको घरझैं ढल्छ : पोखरेल
कार्यक्रममा नेकपाका नेता एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकीकृत कम्युनिस्ट पार्टी विचारमा स्पस्ट हुन नसकेको औंल्याए ।
उनले एकता गर्नु नै ठूलो विषय होइन भन्दै वैचारिकरुपमा अस्पस्ट पार्टी तासको घरजस्तै भत्कने चेतावनी दिए ।
पार्टी कता जान खोजेको हो भन्ने प्रस्ट हुनुपर्ने भन्दै उनले सांगठनिक एकतालेमात्र जिवन्त हुन नसक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।









प्रतिक्रिया दिनुहोस्