Logo ११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026


रामप्रसादलाई राष्ट्रिय विभुती घोषणा गर्न माग


0
Shares

काठमाडौं, बैशाख १९  । प्रजातान्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईप्रति सरकारले वेवास्था गरेको गरेकोमा आक्रोस व्यक्त गरिएको छ ।

रामप्रसाद राई फाउण्डेसनले शनिबार राजधानीमा गरेको एक कार्यक्रमका सहभागीहरुले रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न सरकारसँग माग पनि गरेका छन् ।

एमाओवादीका प्रभावशाली नेता गोपाल किराँतीले प्रजातान्त्रिक आन्दोलनका योद्धाको सम्मानमा राज्यले राष्ट्रिय विभुति घोषणा गर्नुपर्ने बताए ।

उनले त्यसका लागि आफुले पनि पहल गर्ने र प्रजातन्त्रवादीले शसक्त आन्दोलन गर्नुपर्ने बताए ।

उनले माओवादी सशस्त्र युद्धले सत्ता कव्जा गर्न खोजिए पनि नसकेको तर, रामप्रसाद राईले राणा शाषणविरुद्ध हतियार उठाएर सिधै सिंहदरवार कब्जाको नीति लिएको स्मरण गर्दै उहाँको अधुरो क्रान्ति पूरा गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘रामप्रसाद राईको सरकारले साच्चै सम्मान गर्ने हो भने सरकारले रािष्ट्रय विभुती घोषणा गरेर राष्ट्रिय सम्पदाका उनको नाम राख्नुपर्छ ।’ उनले सरकारको नीति उद्धारवादी नभएकाले त्यसकार लागि सरकारलाई झकझक्याउनुपर्ने बताए ।

उनले प्रजातान्त्रिक सरकारको नीति योद्धाको सम्मान गर्ने नभएको आरोप लगाउँदै देश विकासका लागि सांस्कृतिक र आर्थिक गर्न जरुरी रहेको बताए ।

रामप्रसाद राई फाउण्डेसनकी अध्यक्ष शुष्मा राईले नेपालमा प्रजातन्त्र ल्याउन रामप्रसाद राईले खेलेको भुमिकालाई इतिहास रहे पनि त्यसलाई नामेट पार्न खोजिएको आरोप लगाइन् ।

उनले भनिन्, ‘राईले प्रजातन्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै यहाँले देखाएको बाटोमा हिड्न जरुरी छ ।’

सो कार्यक्रममा प्राध्यापक लक्ष्मी राई, जय शिवहाङ राई, शिवकुमार राई कवि भुपाल राईलगायतले रामप्रसाद राईको सम्मानमा राज्यले देखाएको उदासिनताले सिंगो प्रजातन्त्रप्रेमिलाई नै निरास बनाएको बताए ।

उनीहरुले रामप्रसाद राईबारे यथार्थ जानकारी दिन स्कुल तहदेखि त्रिभुवन विश्व विद्यालयसम्मका पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने बताएका थिए ।

सो अवसरमा रामप्रसाद राईद्धारा गत ७ आगुनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रगत दान गर्ने विभिन्न रक्तदातालाई सम्मान गरिएको थियो । त्यसैगरी किँरात राई खेलकुद संघलाई २५ हजार प्रदान गरिएको थियो ।