१२ आश्विन २०८०, शुक्रबार | Sat Sep 30 2023


९ लाख मूल्य बराबरका मोबाइल चोरी, सीसी क्यामेरामा घटना कैद


0
Shares

दाङ, असार २८ । दाङको तुलसीपुरस्थित बीपीचोकमा रहेको सबिन मोबाइल सेन्टरमा चोरी भएको छ ।

बुधबार राति तुलसीपुरको मुख्य व्यापारिक केन्द्रकारुपमा रहेको चोकको सो पसलबाट झन्डै रु ९ लाख बराबरका ‘ब्रान्डेड’ मोबाइलहरु चोरी भएको प्रहरीले जनाएको छ ।

चारजनाको संख्यामा आएका व्यक्तिहरुले मुख्य सटरको लक फोडी पसलभित्र चोरी गरेको त्यहाँ राखिएको सीसी क्यामेराबाट देखिएको छ ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले विभिन्न ब्रान्डका ३० ओटा सेट मोबाइल चोरी भएको र चोरी गर्ने गिरोहको खोजीकार्य भइरहेको बताए ।

उनकाअनुसार सीसी क्यामेराको फुटेजका आधारमा पनि चोर पक्राउ गर्न मद्दत मिल्छ ।

तुलसीपुरस्थित मोबाइल इलेक्ट्रोनिक संघको अगुवाइमा घटनाको विरोधमा बिहीबार बिहान सबै मोबाइल पसलहरु बन्द गरिएका थिए । रासस