
काठमाडौं, वैशाख २६ । पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालका हिन्दूहरुको मनमा मुसलमानप्रति कुनै द्वेषभाव नरहेको भन्दै मुस्लिम समुदायलाई ढुक्क हुन आग्रह गरेका छन् ।
मौलाना समिम नदवी कृष्णनगरले आयोजना गरेको ‘नेपालका मदरसाहरु : चुनौति एवं समाधान’ विषयक कार्यक्रममा नेता नेपालले मदरसा शिक्षालाई राष्ट्रिय शिक्षामा समावेश गरी विश्व विद्यालय बनाउने अभियानमा आफ्नो सहयोग रहने बताए ।
कार्यक्रममा मन्त्री, सभासदहरु, बिदेशी राजदुतहरु र मुलुकभरीका मदरसाका शिक्षक तथा संचालकहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्