
काठमाडौं, वैशाख २७ । सरकारले आइतबार व्यवस्थापिका–संसदमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममाथि विभिन्न दलहरुले दुई दर्जन बढी संशोधन दर्ता गराएका छन् ।
संशोधन प्रस्तावका लागि सोमबार अपराह्न ४ बजेसम्मको समय दिइएकोमा नेपाली कांग्रेसको तर्फबाट १६ ओटा, नेपाल मजदुर किसान पार्टीबाट १० र खुम्बुवान पार्टीबाट एउटा संशोधन प्रस्ताव दर्ता गरिएको हो ।
नीति तथा कार्यक्रममाथि मंगलबार र बुधबार संसदमा छलफल गर्ने कार्यसूची तय गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन् ।
मंगलबारदेखि छलफल हुने नीति तथा कार्यक्रम माथि ३० गते धन्यवाद प्रस्तावसहित पारित गर्ने कार्यतालिका रहेको छ ।
नीति तथा कार्यक्रममाथि सांसदले बोल्नेक्रम सकिएलगत्तै उठेको जिज्ञासा र प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ हुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रमका आधारमा जेठ १५ मा बजेट ल्याउने तयारी सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्