Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा


0
Shares

दाङ । संस्कृत विश्वविद्यालय संचालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे ।

दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसमा आशय छ–भूमि दानभन्दा विशेष अरु छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरु छैन ।’

तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय ३६ विघा ७ धुर जमिन १८ बर्षदेखि कब्जामा छ ।

सशस्त्र द्वन्द्वका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काई विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन् । अधिकांश जग्गा किसानले कब्जा गरेका छन् ।

केही जमिन प्रहरी चौकी र मन्दिरका नाममा कब्जा छ । सतबरियाको बनघुस्रीस्थित १० विघा जमिन मात्रै ठेक्कामा लगाइएको नेसवि देउखुरी जग्गा ब्यवस्थापन समिति संयोजक माधव अधिकारीले बताए । कान्तिपुर दैनिकबाट

Skip This