१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


भारतले नचाहेसम्म स्थानीय निर्वाचन हुँदैन : बिजुक्छे


0
Shares

भक्तपुर, वैशाख २९ । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले स्थानीय निकायको निर्वाचनको मिति तय भएपनि भारतले नचाहेसम्म निर्वाचन हुन नसक्ने बताएका छन् ।

बुधबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा उनले नेपाली कांग्रेस र मधेसवादी दलहरु सकारात्मक नरहेको र भारतलेसमेत सहयोग नगरे निर्वाचन हुन नसक्ने बताएका हुन् ।

उनले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारी कदम उचित भएको टिप्पणीसमेत गरे ।