Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


नीति तथा कार्यक्रममा देश विकासको तस्वीर झल्केको छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट पारित सरकारको नीति तथा कार्यक्रममा देश विकासको तस्वीर झल्केको दावी गरेका छन् ।

राजधानीमा सुरु भएको राष्ट्रिय लघु वित्त सदस्य सम्मेलनको उद्घाटनमा उनले आगामी नीति कार्यक्रममा देशको पूर्वाधार विकासका साथै गरीबी निवारणको योजना रहेको बताए ।

देशको पूर्वाधार विकास, गरीबी निवारण एवं समृद्धि प्राप्तिको बाटोमा अगाडि बढ्ने क्रममा आयोजना गरिएको यस सम्मेलन महत्वपूर्ण हुने भन्दै उनले देश आर्थिक समृद्धितर्फ बढ्न खोजेको बेला केही व्यक्तिले संविधानको विरोध गरेको आश्चर्य लागेको बताए ।

दुई दिनसम्म चल्ने सम्मेलनबाट लघु वित्तको नीति निर्माण एवं यस क्षेत्रमा देखिएका विकृति–विसंगति नियन्त्रणमा सहयोग पुग्नुका साथै लघु उद्यमशीलताको प्रवद्र्धन हुने विश्वास आयोजकको छ ।

Skip This