Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


गोठ भत्किदाँ पुरिए दम्पत्ती : पत्नीको मृत्यु, पतिको उद्धार


0
Shares

धादिङ, जेठ २ । गोठभित्र बसिरहेको अवस्थामा अचानक गोठ भत्कदा फुलखर्क–१ बस्ने ७५ बर्षीया सोमा कुमारी अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । उनको ८० बर्षीय श्रीमान सुर्यबहादुर अधिकारीलाई सकुशल उद्धार गरिएको छ ।

गोठ भत्किदाँ दुबैजना पुरिएका थिए ।

आइतबार गोठ भत्किएर अधिकारी दम्पत्ती पुरिएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दाको सहयोगमा सुर्य अधिकारीलाई सकुशल उद्धार गर्नुको साथै सोमा कुमारीलाई मृत अवस्थामा बाहिर निकालेको थियो ।