Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


एकताका लागि कमल थापाबाहेक सबै तयार : विष्ट


0
Shares

ललितपुर, जेठ २ । राप्रपा नेपालबाट कारवाहीमा परेका नेता केशरबहादुर विष्टले विभिन्न समूहमा विभाजित पूर्व पञ्चहरुबीच एकता आवश्यक भएकोमा जोड दिएका छन् ।

राप्रपा नेपाल जिल्ला कार्य समिति ललितपुरले एकीकृत राप्रपा निर्माण अभियानको नाममा आज राजधानीमा गरेको कार्यकर्ता भेलामा उनले हिन्दुत्वको रक्षा र राजासहितको गणतन्त्रका लागि पूर्वपञ्चहरु एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘विचार मिल्ने अरु त ठिकै छ, तर पहिला राप्रपा नेपाल भन्नेहरु त एक ठाउँमा बसौं, नेतृत्व चयन त्यसैले गरौं ।’ उनले कमल थापा जन्मिदैं नेता नभएको जिकिर गर्दै उनले भने, ‘जनताले चुनेपछि मात्र उसले नेता हुनुपर्छ ।’

उनले एकीकृत राप्रपाका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापाबाहेक सबै तयार रहेको दाबी पनि गरे ।