Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दाहाल दम्पतीको बर्षगाँठः व्यवसायी श्रेष्ठको भब्य बंगलामा


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ५० औं बर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भब्य बंगलामा मनाए ।

सीतासँग बैवाहिक बन्धनमा बाँधिएको ५० बर्ष पुगेको उपलक्ष्यमा दाहालले बिहीबार भब्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए ।

ब्यापारी श्रेष्ठ एनसेलले सरकारलाई बुझाउन बाँकी ३१ अर्ब रुपैंयाँ भन्दा बढी पुँजीगत लाभकरसँग जोडिएका छन् ।

यति बेला एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध हालेको मुद्दा सर्बोच्च अदालतमा विचाराधीन छ ।

श्रेष्ठले सुनकोटी(ललितपुर) स्थित १८ रोपनीमा फैलिएको निवास परिसरमा दाहालले ५० औं बैवाहिक बर्षगाँठ मनाइँरहँदा एनसेलको लाभकर र सत्तारुढ दलका अध्यक्षबीचको यो साइनोबारे सहभागीले आपसमा चर्चा गरेका थिए । -नागरिक दैनिकबाट