६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


चट्याङ लागेर श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर


0
Shares

गाईघाट (उदयपुर), जेठ ८ । उदयपुर जिल्लाको पश्चिमी पहाडी गाविस मयङ्खु–४ मा शुक्रबार बेलुकी परेको चट्याङ लागेर एक परिवारको श्रीमतीको मृत्यु भएको छ भने श्रीमान्को अवस्था गम्भीर रहेको छ ।

शुक्रबार साँझ ७ बजे परेको चट्याङको कारण मृत्यु हुनेमा मयङ्खु–४ को २४ वर्षीय अमृता विक रहेकी छिन् भने गम्भीर घाइते हुनेमा उनकै श्रीमान् ३० वर्षीय हेम विक रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका विक श्रीमान् श्रीमतीलाई उपचारका लागि राति कटारी अस्पताल ल्याएपछि अमृताको उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै श्रीमान् हेम विकको हाल कटारी अस्पतालमा उपचार भइरहे पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक मदन गिरीले बताए। रासस