Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


प्रतिपक्षले प्रधानमन्त्रीको अपमान गरेको छैन : निधि


0
Shares

काठमाडौं, वैशाख २६ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदमा प्रतिपक्षले प्रधानमन्त्रीको अपमान नगरेको दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीका कारण अपमानित भएको बताए ।

उनले प्रधानमन्त्रीले संसदमा देखाएको व्यवहार संसदीय मूल्य र मान्यताविपरीत भएको दाबीसमेत गरे ।

उपसभापति निधिले सरकारविरुद्ध आवश्यक परे कांग्रेस सडक आन्दोलनमा जान तयार रहेको चेतावनी पनि दिए ।

राष्ट्रिय जागरण अभियान

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक अघि बढेको बताए ।

दुईओटा जिल्लामा केही भ्रम परेका कारण सामान्य घटना हुन पुगेको उनको भनाइ थियो ।