१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


पेट्रोलियम पदार्थबाट २१ अर्ब रुपैयाँ संकलन


0
Shares

काठमाडौं, असार २८ । बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट २१ अर्ब रुपैयाँ संकलन भएको छ ।

उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाली आयल निगमले जुन महिनासम्म इन्धनबाट सो रकम संकलन गरेको हो ।

निगमले इन्धन आयात हुने भन्सार विन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ ।

जुन महिनासम्म २१ अर्ब ४२ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ । –कारोबार दैनिकबाट