काठमाडौं, जेठ १२ । नेपाली सेनाले काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गको ट्रयाक खोलेको तीन वर्षभन्दा बढी भइसकेको छ ।
तर, अहिलेसम्म यो मार्ग निर्माणको काम अघि बढ्न सकेको छैन ।
अब सरकार आफैंले काठमाडौं–निजगढ द्रुतमार्ग बनाउने घोषणा गरेसँगै नयाँ आशा पलाएको छ ।
सरकारी योजनाअनुसार काम भएको भए काठमाडौं–तराई–मधेस द्रुतमार्गको काम यतिबेला आधाभन्दा बढी सकिसकेको हुन्थ्यो । तर, राष्ट्रिय गौरवको यो आयोजना अहिले अलपत्र अवस्थामा छ ।
यसको प्रगतिको त कुरा नै छोडौं, अब कहाँबाट काम थाल्ने भन्नेमासमेत अन्यौल छ ।
नेपाली सेनाले २०६९ चैतमा नै यो मार्गको ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो । त्यसयता यो मार्गका लागि कुनै काम भएको छैन ।
विगतको मोडेल परिवर्तन गरेर अहिले सरकारले नै यो द्रुतमार्ग निर्माण गर्ने योजना बनाएको छ । अब फेरि यसको विस्तृत डिजाइन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
यो मार्ग निर्माणका लागि सरकारले विभिन्न खालका मोडेलहरु अपनाउन सक्छ ।
तर, द्रुतमार्गको काम अघि बढाउन उच्चस्तरको राजनीतिक सहमति जरुरी हुने पूर्वाधार विज्ञ प्राध्यापक डा. सूर्यराज आचार्यको भनाइ छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।










प्रतिक्रिया दिनुहोस्