प्रदीप पौडेल (इमेज)
पोखरा, वैशाख २५ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकारको अधिनायकवादलाई रोक्न कांग्रेसले जागरण अभियान थालेको बताएका छन् ।
बुधबार पोखरामा कांग्रेसको राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै उनले सरकारले दुईतिहाइको दम्भमा सबै क्षेत्रमा हस्तक्षेप बढाएको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओली संसद र संसदीय अभ्यासलाई कमजोर बनाउन उद्दत भएको आरोपसमेत उनले लगाए ।
जनता, बुद्धिजीवी र व्यापारी वर्गलेसमेत वर्तमान सरकारको विरोध गरेको उनको भनाइ थियो ।
पार्टीलाई एकढिक्का बनाउनका लागि जागरण अभियान महत्वपूर्ण रहेको महामन्त्री खड्काले उल्लेख गरे ।
कांग्रेसले बुधबार ७७ जिल्लामा एकैपटक जागरण अभियानको उद्घाटन गरेको छ । यो अभियान एक महिनासम्म चल्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्