७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


वैदेशिक रोजगारीमा जानेमध्ये आधाजसो स्वदेशमै शोषित


0
Shares

काठमाडौं, असार २८ । वैदेशिक रोजगारीमा देखिएका अनेक समस्यामध्ये आधाजसो स्वदेशमै हुने गरेको पाइएको छ ।

गन्तब्य मुलुकमा नेपाली रोजगारदाता र असरकारको पहुँच नभएका कारण कामदार समस्यामा परिरहेको गुनासो व्याप्त रहेका बेला आफ्नै ठाउँमा ठूलो संख्याका कामदार ठगीमा परिरहेको नयाँ तथ्य सार्वजनिक भएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई कानुनी सहायता प्रदान गरिरहेको मानव अधिकारका लागि जनमञ्चले गरेको अध्ययनमा कामदार शोषणको केन्द्र आफ्नै मुलुक पाइएको हो ।

उक्त अध्ययनका अनुसार वैदेशिक रोजगारीमा जाने युवामध्ये ४५ प्रतिशत विदेश जानुअघि नै शोषणमा पर्ने गर्छन् । –नागरिक दैनिकबाट