सिन्धुली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीका अभिव्यक्तिहरु अहंकार र उन्मादले ग्रस्त भएको टिप्पणी गरेका छन् ।
सिन्धुलीमा आज गरिएको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले संसद्मा हिजो प्रधानमन्त्रीले प्रतिपक्षीलाई अपमान गरेको आरोप लगाए ।
उनले सरकार अलोकतान्त्रिक मानसिकताले ग्रस्त भएकाले आर्थिक र सामाजिक अराजकता बढेको बताए ।
वरिष्ठ नेता पौडेलले काँग्रेसभित्रको आन्तरिक मतभेद कायमै रहेको भन्दै पार्टीलाई सुदृढ बनाउन आन्तरिक संघर्ष चलेको जिकिर गरे ।









प्रतिक्रिया दिनुहोस्