Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नीति तथा कार्यक्रम ‘हावादारी’


0
Shares

जनकपुरधाम, वैशाख २४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘हावादारी’को संज्ञा दिएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले रेलवे र पानीजहाज सन्चालन गर्ने हावादारी कुरा गरेर आश्वासनको पुलिन्दामात्र बाँडेको आरोप लगाए ।

सरकारले प्रदेश सन्चालनका निम्ति कुनै नीति तथा कार्यक्रम नबनाएको र प्रदेशलाई कुनै अधिकार नदिएका कारण यो सरकार संघीयताविरोधी पुष्टि भएको उनको आरोप थियो ।