Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


कांग्रेसको ध्यानाकर्षण


0
Shares

काठमाडौं, वैशाख २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलपश्चात् सांसदले सोधेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ ।

कांग्रेस संसदीय दलले संसदको गरिमामा आँच आउनेखालका अभिलेख संसदको रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढंगले संसद सन्चालन गर्न आग्रह गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुखले संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । रासस