जनकपुरधाम, वैशाख २४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीले संविधान संशोधनको मुद्दा छाडेका कारण उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीसँग एकीकरणको बाटो बन्द भएको बताएका छन् ।
मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संविधान संशोधनको मुद्दा नपरेको तर उपेन्द्र यादव नेतृत्वको पार्टीले सहमति जनाएको बताए ।
प्रदेश नम्बर–२ को सरकारमा पनि छिट्टै नै हेरफेर हुनेसमेत उनले बताए ।









प्रतिक्रिया दिनुहोस्