Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


२५ लाख ऋण खोजेर स्थानीयले बनाए सडक, काभ्रेको डाँडापारीमा गुड्न थाले गाडी (भिडियोसहित)


0
Shares

राजाराम गौतम (इमेज)
काभ्रे, जेठ २० । काभे्रको विकट क्षेत्रकारुपमा चिनिने डाँडापारीमा स्थानीयले आफ्नै पहलमा सडक निर्माण गरेका छन् ।

सडक निर्माणसँगै गाईवस्तु हिँड्ने बाटोमा अहिले गाडी गुड्न थालेका छन् ।

विकट क्षेत्रकारुपमा चिनिने काभे्रको डाँडापारी क्षेत्रको वनखु गाउँ विकास समितिमा स्थानीयले ऋण खोजेरै रकम संकलन गरी मोटरबाटो निर्माण गरेका छन् ।

सडक सञ्जालसँग जोडिएसँगै डाँडापारीबासीमा खुसियाली छाएको छ ।

कुल ३८ लाखको लागतमा निर्माण भएको सडकमा ११ लाख ५० हजार संसद विकास कोषबाट र अरु बाँकी सबै स्थानीयले ऋण गरेर बाटो निर्माण गरेका हुन् ।

२५ लाख ५० हजार रुपैयाँ रकम स्थानीयले ऋण खोजी निर्माण गरिएको उक्त बाटोको अन्तिम खन्ड सिन्धुलीको रामपुरदेखि बनुखुसम्म हाल २८ किलोमिटर निर्माण गरिएको हो ।

बनेपा–बीपी राजमार्ग–माम्ती पिप्ले–भीमखोरीको पौवा–सिन्धुलीको रामपुर हुँदै डाँडापारीको बनखु जाने सडक ट्रयाक खुलेर नियमित बससेवासमेत सुरु गरिएको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।