वीरगन्ज, जेठ २१ । भारतको रक्सौलमा रहेको भन्सार कार्यालय एकतर्फीरुपमा शुक्रबारदेखि सन्चालनमा आएको छ ।
भारतले निर्माण गरिरहेको एकीकृत जाँचचौकी योजनाअन्तर्गत् निर्माण भएको भन्सार कार्यालयमा जाँचपास सुरु गरिएपछि व्यवहारिकरुपमा नेपालका आयातकर्तालाई भने झन् कठिनाइ थपिएको छ ।
भारतीय जाँचचौकीमार्फत् भन्सार सन्चालन हुने भएपछि भन्सारको बाटो १३ किलोमिटर लम्बिएको हो ।
भारतीय सीमावर्ती गाउँ हजमाटोलको १ सय १० बिगहा जग्गामा एकीकृत जाँचचौकी तयार गरिएको हो भने नेपालतर्फको जाँचचौकी अझै निर्माणाधीन अवस्थामा छ ।










प्रतिक्रिया दिनुहोस्