Logo १६ आश्विन २०८३, शुक्रबार | Sat Oct 3 2026


संगीतकार गुरुङको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री ओली ग्रान्डी अस्पतालमा


0
Shares

काठमाडौं, जेठ २३ । नेपाली राष्ट्रिय गानका संगीतकार तथा नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको स्वास्थ्य स्थिति बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली राजधानीको धापासीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पतालमा वरिष्ठ संगीतकार गुरुङका परिवारजन तथा उपचारमा संलग्न चिकित्सकहरुसँग गुरूङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

यसअघि आजै सूचना तथा सञ्चारमन्त्री शेरधन राई पनि अस्पताल आएर गुरूङको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

अन्न नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एकसाता अघिदेखि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका छन् ।

खानेकुरा खानेबित्तिकै बान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएको थियो । उनलाई एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलीको रक्तश्राव (युजिआई ब्लिडिङ) पार्किन्सोनिज्म, उच्च रक्तचाप तथा मधुमेहको उपचारकालागि भर्ना गरिएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले जानकारी दिए ।

उनको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर मेडिसिनका चेयरम्यान तथा कन्सल्ट्यान्ट फिजिसियन इन्टरनल मेडिसिन, पल्मोनोलोजी तथा क्रिटिकल केयर प्रा.डा. अर्जुन कार्कीको टिमसँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. विवेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न छन् ।

हाल सघन उपचार कक्षमा राखिएका गुरुङको स्वास्थ्य गम्भिर तर स्थिर रहेको बताइएको छ ।

Skip This