
काठमाडौं, जेठ २४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले शिक्षा क्षेत्रमा भएका विकृतिविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
अनेरास्ववियु क्रान्तिकारीले आज राजधानीमा पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरण नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
संगठनले सार्वजनिक विद्यालयहरुमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गर्नुपर्ने, पाठ्यपुस्तक र स्कुल पोशाक निःशुल्क उपलब्ध गर्नुपर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्ने माग गरेको छ ।
अनेरास्ववियु क्रान्तिकारीका संयोजक सेवन्तराज भण्डारीले अधिकांश विद्यालयले चर्को शुल्क असुल्ने गरेको र विद्यालयलाई राजनीतिकरण गरेको आरोप लगाए । उनले आफूहरुका मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्