
काठमाडौं, जेठ २४ । काठमाडौंको वायु प्रदुषण विश्व स्वास्थ्य संगठनको मापदन्डभन्दा पाँच गुणा बढी भएको पाइएको छ ।
सोमबार राजधानीमा गरिएको कार्यक्रममा काठमाडौंको वायु प्रदुषणलाई समयमै नियन्त्रण नगरे काठमाडौंबासीको स्वास्थ्यमा गम्भीर असरपार्ने चेतावनी दिइयो ।
कार्यक्रममा सहभागी वक्ताहरुले पछिल्लो समयमा वायु प्रदुषणका कारण काठमाडौंका अस्पतालहरुमा स्वासप्रश्वास र मुटुरोगीहरुको संख्या उल्लेख्यरुपमा बढेको बताएका हुन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदकाअनुसार उपत्यकामा बस्ने हरेक मानिस वायु प्रदुषण्को शिकार भइरहेका छन् ।
परिषदको अध्ययनअनुसार उपत्यकामा घरभित्रै बस्ने मानिसमा पनि फोक्सो, मुटु, आँखा र छालाका रोगको जोखिम बढेको छ ।
प्रतिक्रिया दिनुहोस्