Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


विप्लव नेतृत्वको माओवादीद्वारा सेभ द चिल्ड्रेन कार्यालयमा पेट्रोल बम प्रहार


0
Shares

मेलम्ची, जेठ २५ । नेकपा माओवादीका कार्यकर्ताले गएराति ११ बजे सेभ द चिल्ड्रेनको कार्यालय चौतारामा आक्रमणको प्रयास गरेका छन् ।

प्रहरीका अनुसार पाँच/छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलका कार्यकर्ताले चौतारास्थित कार्यालयमा प्लास्टिकको बोतलमा पेट्रोल हाली आक्रमण गरेको र आक्रमणबाट परिसरभित्र पार्किङ गरिराखिएको बा१३च ५९१४ नम्बरको स्कार्पियो गाडीमा सामान्य क्षति पुगेको छ ।

यसैबीच सो दलले विज्ञप्ति जारी गरी भूकम्पपछि जिल्लामा पुनःनिर्माण र राहत वितरण गर्दैआएका गैरसरकारी संस्था सेवामुखीभन्दा पनि कमाउमुखी बन्दै गएका कारण आक्रमण गर्नुपरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘निश्चित व्यापारीसँग मिलेर कमिसन लिई जनतालाई निश्चित पसलमा सामग्री खरिद गर्न बाध्य बनाएको, सामानको मूल्य साबिकको भन्दा दोब्बर पार्न लगाएको, रु पाँच अर्बभन्दा बढीका काम गरे पनि कुनै हिसाब किताब पारदर्शी नभएको र संस्थाले वितरण गरेको राहत सामग्री गुणस्तरहीन भएकाले आक्रमण गरेका हौँ ।’ (रासस)