Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


बन्दमा साइकलमा सरर.. (भिडियोसहित)


0
Shares

महेश काफ्ले/राममान डंगोल (इमेज)
काठमाडौं, जेठ २७ । केही वर्षअघिसम्म राजधानीमा छिटपुटमात्र साइकल चलेको देख्न पाइन्थ्यो ।

अघिल्लो वर्ष भारतले लगाएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएसँगै पेट्रोलियम पदार्थबाट चल्ने सवारी–साधन चलाउन मुस्किल भएपछि राजधानीमा विकल्पकोरुपमा साइकलको प्रयोग बढेको हो ।

विभिन्न राजनीतिक दल तथा संघ–संगठनले बेलाबेलामा गर्ने बन्द, हडतालका कारण सार्वजानिक यातायात ठप्प हुदा गन्तव्यसम्म पुग्न साइकलको प्रयोग गर्नेहरु अहिले राजधानीको सडकमा प्रशस्तै भेटिन थालेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले गरेको नेपाल बन्दका कारण विहीबार राजधानीमा यातायात व्यवस्था अवरुद्ध भएपछि स्नातक तेस्रो वर्षको परीक्षामा सहभागी हुन भक्तपुरका दीपेन्द्र महतो साइकल चढेर ठमेलमा रहेको परीक्षा केन्द्र सरस्वती क्याम्पससम्म आइपुगे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।