Logo २५ बैशाख २०८३, शुक्रबार | Sat May 9 2026


बजेटले देशको हित गर्दैन : शशांक


0
Shares

रामेछाप, जेठ २८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले नेपालमा राजनीतिक समावेशीकरणमात्र भएको भन्दै यो अवस्थालेमात्रै विकासमा टेवा नपुग्ने बताएका छन् ।

नेपाल शिक्षक संघ रामेछापले शुक्रबार मन्थलीमा गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले देश विकासका लागि आर्थिक समावेशीकरण हुनुपर्ने बताए ।

सरकारले सस्तो लोकप्रियताको बजेट ल्याएको भन्दै उनले यो बजेटले देशको हित नगर्ने दाबी गरे ।