काठमाडौं, जेठ ३० । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीको औपचारिक घोषणा गर्दै उक्त पार्टीमा आवद्ध भएका नेता तथा कार्यकर्तालाई सामूहिक रुपमा सपथ खुवाएका छन् ।
दशरथ रंगशालामा आयोजित पार्टी घोषणासभामा डा. भट्टराईले सपथ खुवाएका हुन् ।
सपथमा ‘नयाँ शक्ति नेपालको सदस्य भएकोमा गर्व गर्दछु’ भनिएको छ । यही गर्वका साथ म मेरो देश, सहिदहरु, नेपाली जनता र यसको गौरवशाली इतिहासलाई साक्षी राख्दै म नेपाली जनताको लोकतन्त्र, संघीयता, समृद्धि विकास र सामाजिक न्यायको सपनालाइ पुरा गर्न क्रियाशील रहने सपथ दिलाइएको हो ।
‘म आफ्नै जीवनकालमा समेृत नेपाल निर्माण गर्न सम्भव छ भन्ने विश्वास राख्छु,’ सपथमा भनिएको छ, ‘म जे बोल्छु त्यही गर्नेछु ।’
अभियानका सपथअघि ‘जाग जाग लम्क हे नौजवान हो’ गीतको धुन बजिरहँदा मञ्चमा उभिएर डा. भट्टराईले कार्यकर्ताको हौसला बढाउँदै ताली बजाइरहेका थिए ।










प्रतिक्रिया दिनुहोस्