Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


नयाँ शक्तिले एमाले बाहेक अन्य पार्टीलाई धक्का दिनसक्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशसंग धेरै अल्मलिने समय नरहेको भन्दै अब संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ जानुपर्ने बताएका छन् ।

नयाँ शक्ति पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उनले देशलाई अगाडि बढाउनका लागि नव गठीत पार्टीले सकारात्मक भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

संविधानले कसैलाई विभेद नगरेको भन्दै कहीं कतै कसैको गुनासो भए सरकार संवादका लागि तयार रहेको बताए ।

क्षेत्रीयता, जातियता वा धार्मिक आधारमा नभई राष्ट्र र राष्ट्रियतालाई आधार बनाएर मात्रै देश अगाडि बढ्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले नयाँ शक्तिले एमाले बाहेक अन्य पार्टीहरुलाई भने धक्का दिनसक्ने पनि बताए ।