Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


मोटरसाइकलको जन्जिरमा महिलाको सल बेरिंदा..


0
Shares

गुल्मी, असार १। गुडिरहेको मोटरसाइकलमा चुन्नी (सल) घाँटीमा बेरिँदा एक महिलाको ज्यान गएको छ ।

मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीतर्फ जाँदै गरेको अवस्थामा वस्तु–१, डुकुसीमा पुग्दा गुल्मी वाग्ला–२ की २७ वर्षीया कोपिला गिरीको घाँटीमा रहेको चुन्नी अचानक मोटरसाइकलको जन्जिरमा बेरिँदा उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

शवपरीक्षणका लागि अहिले जिल्ला अस्पतालमा राखिएको तथा मोटरसाइकलसहित चालक सूर्यबहादुर दर्जीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस