२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


संसदीय सुनुवाइ विशेष समिति सभापतिको निर्वाचन बुधबार


0
Shares

काठमाडौं, असार ६ । व्यवस्थापिका–ससद संसदीय सुनुवाइ विशेष समितिको सभापति पदको निर्वाचन यही असार ८ गते बुधबार हुने भएको छ ।

संसद सचिवालयले सोमबार जारी गरेको सूचनामा सभामुख ओनसरी घर्तीले समितिको सभापति पदको निर्वाचनका लागि असार ८ गते बुधबार दिनको ३ बजेको समय तोकेको उल्लेख छ ।

समितिका एकजना सदस्यको प्रस्ताव र अर्काे सदस्यको समर्थन लिएर सभापति पदमा उम्मेदवार हुन चाहने व्यक्तिले असार ७ गते अपराह्न ५ बजेसम्म महासचिवसमक्ष निस्सासहितको प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ । रासस

फाइल फोटो