Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सप्तरीबाट अपहरित बालक भारतबाट सकुशल मुक्त


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, वैशाख १७ । चार दिनअघि सप्तरीबाट अपहरित बालकलाई प्रहरीले भारतको सीतामढीबाट सकुशल मुक्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टको ‘कमान्ड’मा खटिएको टोलीले सोमबार राति बालकलाई अपहरणमुक्त गरेको हो ।

राजगढ गाउँपालिका–३ का जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मणकुमारलाई गएको शुक्रबार राति सोही ठाउँमा मामाकी छोरीको बिहेमा भोज खान गएका बेला अज्ञात समूहले अपहरण गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो ।

सीतामडीको एक होटलबाट बालकलाई मुक्त गरेको जानकारी मंगलबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले दिएको हो ।