५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023


पाकिस्तानमा आत्मघाती बम बिस्फोटमा परी नेता बिलौरसहित १२ जनाको मृत्यु


0
Shares

काठमाडौं, असार २७ । पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरसहित कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो ।

बिलौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा निधन भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए ।

पाकिस्तानमा यही जुलाई २५ मा आमचुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् ।(एजेन्सी)